Logo
Logo
सुन बरामद प्रकरण

भन्सार अधिकृतसहित थप ६ जना पक्राउ


4.9k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भइ बाहिरिएको अवस्थामा झण्डै एक क्विन्टल सुन बरामद प्रकरणमा राजस्व अनुसन्धान विभागले भन्सार अधिकृतसहित ३ कर्मचारी र थप ३ एजेन्टलाई पक्राउ गरेको छ ।

विमानस्थल भन्सारबाट तस्करीको सुन पार गराएको आरोपमा विभागले विमानस्थल भन्सारका अधिकृत सन्तोष चन्द, जाँचकी (खरिदार) कुमार ढकाल र एक्स–रे प्राविधिक सरोज श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो । त्यस्तै, भन्सार एजेन्टहरु झापा गौरादहकी रुक्मिला सुब्बा, चितवन मेघौलीका सुदर्शन गौतम र सिन्धुपाल्चोकका यादव पराजुली पक्राउ परेका हुन् ।

यसअघि यस प्रकणमा १० जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमा चिनियाँ नागरिक एक जना र भारतीय नागरिक एक जना छन् । सुनको परिमाण यकिन गर्न विभागले बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्