काठमाडौं । काठमाडौंको सामाखुसी क्षेत्रमा विष्णुमती खोलाले एक जना बालकलाई बगाएको छ ।

फुटबल खेल्ने क्रममा बल खोलामा पुगेको र बल लिन जाने क्रममा बालकलाई खोलाले बगाएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । बेपत्ता भएका बालक अन्दाजी १४१५ वर्षका रहेका र उनको परिचय नखुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले बालकको खोजी भइरहेको छ ।














