Logo
Logo

अनाया खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता


819
Shares

बाजुरा । बाजुराको बिडिमालका गाउपालिका- ९ स्थित अनाया खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएको छ ।

मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने अनाया खोलाले आइतबार राति ट्याक्टर बगाउँदा ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ का डुबनारायण चौधरी बेपत्ता भएका हुन् ।

कोल्टी जाने क्रममा अनाया खोलाले से २ त ३२२५ नम्बरको ट्याक्टर बगाएको थियो। उक्त ट्याक्टर २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चालकको खोजीका लागि टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाजुरा डीएसपी कबिन्द्रसिंह बोहराले बताए।

प्रतिक्रिया दिनुहोस्