Logo
Logo

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


2.1k
Shares

काठमाडौ । नेपाली बजारमा आज (सोमबार) पहेँलो धातु सुनको भाउमा सामान्य गिरावट आएको छ ।
सोमबार सुनको भाउ तोलामा ३ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो

यससँगै, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।

आइतबार सुनको मूल्यमा ५ सय रुपैयाँको गिरावट आएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्