Logo
Logo

दल नेता फेर्न लागेको हुँ, पार्टी फुटाउन होइन : गगन थापा


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले संसदीय दल नेता बदल्न चाहेको बताएका छन् । सोमबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले आफू दल नेता बदल्न लागिरहने बताए ।

पार्टी नेतृत्व परिवर्तनको कुरा किन उठाएको भन्नेलाई जवाफ दिँदै थापाले भने, ‘मैले संसदीय दल नेता परिवर्तन गर्न खोजेको हुँ, सकिनँ। तर म अब पनि लागिरहन्छु ।’

थापाले गत वर्ष पुस ६ मा भएको संसदीय दल नेता चुनावमा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए ।

संसदीय दल नेता फेर्न विधानअनुसार मिल्ने र आफू यस काममा लागिराख्ने पनि थापाको भनाइ छ ।

उनले भने, ‘संसदीय दल नेता फेर्न विधानअनुसार बकाइदा मिल्छ। तर सांसदको भोट पाउन गाह्रो छ भन्ने कुरा मलाई थाहा छ, तर म प्रयास भने गरिरहन्छु। गाह्रो काम भनेर छाड्दिनँ ।’

उनले दल नेता परिवर्तन गर्न आवश्यक रहेको बताए । दलहरूमा ३०÷३५ वर्षदेखि चार÷पाँच जना नेताले म्युजिकल चियर खेलेजस्तो नेतृत्व गरिरहेको उनको भनाइ छ।

‘चार÷पाँच जना नेताले नेतृत्वमा आलोपालो गरिराख्नुभएको छ। जनताले नयाँ खोजेका छन् त्यसका लागि मैले कोसिस गरेको हुँ,’ उनले भने, ‘अरू कोही नआएकोले म अघि बढेको हुँ ।’

सभापति शेरबहादुर देउवाले केही समयभित्र अब म प्रधानमन्त्री बन्दिनँ को आउने हो आऊन् भन्न सक्ने थापाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्