Logo
Logo

चिनियाँ गिरोहसँग भेटेको खुलेपछि संकटमा आईजिपी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ पुस ।
नेपालमा बसेर अवैध गतिविधिमा संलग्न चिनियाँ गिरोहसँग भेटकोे खुलेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल संकटमा परेका छन् । नेकपाका युवा नेताहरुको एक समुहले चिनियाँ गिरोहका नाइकेलाई लगेर भेटाएको खुलेको छ । सो गिरोहले नेपालमा प्रहरीसँग सेटिङ मिलाएर अवैध काम गर्दै आएको आशंका गरिएको छ ।


उपराष्ट्रपति पुत्र दीपेश पुन तथा गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थाहासँग समेत सो चिनियाँ समुहको दोस्ती थियो । उच्च तहसम्म दोस्ती भएकाले गिरोहका नाइकेहरु भने भाग्न सफल भएका छन् । गत सोमबार प्रहरीले चिनियाँ गिरोहका एक सय २२ जनालाई पक्राउ गरेको थियो । जबकी एक हजार जना पक्राउ गर्ने योजना भएपनि प्रहरीबाटै सूचना चुहिएपछि धेरे भाग्न सफल भएका थिए ।
सो गिरोहको कनेक्सन प्रहरी महानिरीक्षक खनालका साथै उर्जामन्त्री वर्षमान पुनसँग समेत रहेको सार्वजनिक भएको छ । ‘डकैतीमा संलग्न एक युवकसँग भेटेको देखिएको भन्दै डिएसपी कुमोध ढुंगेलविरुद्ध आईजिपीसाबले मुद्दा हाल्न भन्नुभएको थियो,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारी भन्छन्,‘अन्तर्राष्ट्रिय गिरोहलाई आईजिपी साबले आफैंले भेट्नुभएको बाहिरिएपछि अब उहाँलाई सरकारले के गर्ला ?’
सो गिरोहसँगको कनेक्सनकै कारण सरकारले आईजिपी खनालको चीन भ्रमण समेत रद्द गरेको स्रोत बताउँछ । आगामी पुस २१ गते गृहमन्त्री बादल चीन जाँदैछन् । त्यसमा महानिरीक्षक खनालको नाम प्रस्ताव गरिएकोमा उनको नाम काटेर डिआईजी सूर्य उपाध्यायलाई पठाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्