Logo
Logo

रिद्धि सिद्धिले ल्यायो मकवानपुर केन्दित छात्रवृत्ति कार्यक्रम



काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लि.ले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपूर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।

यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परीक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भइ एसईईमा उत्तिर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाको विद्यार्थीलाई लक्षित गरिे उक्त एसईई परीक्षामा ३.६ जीपीएदेखि ४ जीपीए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक ५ हजार, दोश्रो हुनेलाई ३ हजार पाँच सय, तेश्रोलाई २ हजार ५पाँच सय रुपैयाँका साथै सान्त्वनास्वरुप थप ८ विद्यार्थीलाई मासिक १५ सय रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने जनाएको छ ।

यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट www.riddhisiddhicements.com वा फेसबुक पेज https://www.facebook.com/RiddhiSiddhicements मा गइ उल्लेखित त्तच् अयमभ मा कअबल गरी फारम भनै सकिने जनाइएको छ । साउन २१ गतेसम्म आवेदन दिने सकिने छ ।

प्रतिक्रिया दिनुहोस्