Logo
Logo
कोशी प्रदेश

७ दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश


3.2k
Shares

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । सभामुखसहितको समर्थनमा बनेको सरकारलाई असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले बिहीबार मुख्यमन्त्री उद्धव थापाको नियुक्ती बदर गर्न आदेश दिएको हो ।

मुख्यमन्त्री थापाको नियुक्ति बदर गरेसँगै सर्वोच्चले ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । सो बमोजिम नभए अर्को उपधारामा जान समेत सर्वोच्चको आदेशमा भनिएको छ ।

सर्वोच्चको आदेशअनुसार अब संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ । यदि कुनैपनि दलले बहुमत जुटाउन नसकेको खण्डमा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्