Logo
Logo
कोशी प्रदेश

हिक्मत कार्की भन्छन्- कामचलाउ मुख्यमन्त्री मै हुँ


2k
Shares

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले साउन १७ गतेसम्म कामचलाउ मुख्यमन्त्री आफू नै भएको बताएका छन् । सर्वोच्चको परमादेशले उद्धव थापा नेतृत्वको सरकार बिहीबार ढलेसँगै उनले कामचलाउको हैसियतमा काम गर्ने आफ्नो बाटो खुला भएकाे बताएका हुन् ।

कार्कीले साउन १७ गतेपछि फेरि आफूले नै मुख्यमन्त्रीको हैसियत प्राप्त गर्नेसमेत बताए । उनले भने, ‘मुख्यमन्त्रीको हैसियत १७ गतेपछि प्राप्त गर्छु । तर, अर्को सरकार बनेसम्ममै मुख्यमन्त्री हो ।’

मुख्यमन्त्री चयन प्रक्रिया असंवैधानिक भएको सर्वोच्चको परमादेशले प्रष्ट पारेको र अर्को सरकार बनाउनका लागि आह्वान समेत भइसकेको बताउँदै उनले भने, ‘नयाँ सरकार नबन्दासम्म पुरानै सरकारले काम गर्ने छ ।’ अदालतले कामचलाउको हैसियतमा काम गर्ने आफ्नो बाटो खोलिदिएको बताउँदै कार्कीले भने, ‘अब मेरो खुलिहाल्यो, असंवैधानिक काम भयो भन्ने कुरा स्थापित भयो ।’

यसअघि कार्की नै संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए। उनलाई समर्थन गरेका माओवादी र समाजवादीले समर्थन फिर्ता लिएपछि असार १५ गते प्रदेशसभामा कार्कीले विश्वासको मत परीक्षण गरेका थिए। विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको थियो ।

प्रतिक्रिया दिनुहोस्