Logo
Logo

विद्युतीय गाडी उत्पादक बीवाईडीले ठूलो संख्यामा एटो-३ नेपाल पठाउँदै


5.5k
Shares

काठमाडौं । चिनियाँ विद्युतीय गाडी उत्पादक कम्पनी बीवाईडीले नेपालका लागि ठूलो संख्यामा एटो–३ पठाउन लागेको छ । सामाजिक सञ्जाल फेसबुकमा बीवाईडीको एसिया प्यासेफिकले नेपालका लागि पठाउन तयारीमा राखेको एटो–३ को फोटो पोस्ट गरेपछि जानकारी बाहिरिएको हो ।

कम्पनीले नेपालको बजारलाई प्राथमिकताका साथ हेरेको देखिन्छ । फोटोमा विभिन्न कलर भेरियसनका गाडीहरु तयारी अवस्थामा राखिएको देखिन्छ । बीवाइडीले हिमाली भेग हुँदै नेपाल डेलिभरी हुन लागेको गाडीलाई ‘एक्साइटिङ जर्नी’का रुपमा व्याख्या गरेको छ ।

चिनियाँ गाडीहरु पछिल्लो समय केरुङ नाका हुँदै नेपाल भित्रिने गरेका छन् । नेपालमा बीवाइडीका गाडीहरुको माग राम्रो छ । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले अहिले एटो–३ लाई प्राथमिकतामा राखेर बिक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्