Logo
Logo

एनआईएमबी बैंकले ४ अर्ब ४ करोडको ऋणपत्र ल्याउने


1k
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘एनआईएमबी डिभेन्चर २०९०’ ल्याउन लागेको हो ।

बैंकले कुल ४ अर्ब ४ करोड रकम बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो । ऋणपत्रमध्ये बैंकले १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्ने छ । बाँकी रहेको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरले विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने छ ।

बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । असार १९ गते बैंकले बोर्डमा निवेदन दिएको हो । ऋणपत्रको परिपक्‍व अवधि १० वर्षको छ ।

प्रतिक्रिया दिनुहोस्