Logo
Logo

मधेशमा छटौँ पटक मन्त्रीपरिषद विस्तार, मोहमद समिम र चन्दन सिंह बने मन्त्री



जनकपुरधाम। मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् ।

कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् । नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

मधेश सरकारले आज छटौँ पटक मन्त्रीपरिषद विस्तार गरेको हो । योसँगै मन्त्री परिषदले पूर्णता पाएको छ भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत छन् ।

प्रतिक्रिया दिनुहोस्