Logo
Logo
कोशी प्रदेश

गठबन्धनबीच भागबण्डा मिल्यो, सपथग्रहण ५ बजे

सभामुखबाट राजीनामा दिएका बाबुराम आर्थिक मामिलामन्त्री


4.9k
Shares

विराटनगर । कोशी प्रदेश सरकारमा पहिलो चरणमा बन्ने मन्त्री र मन्त्रालयको भागबन्डाबारे सत्तागठबन्धनबीचमा सहमति भएको छ । सहमति भएसँगै बुधबार बिहान रोकिएको शपथग्रहण कार्यक्रम आजै बेलुका ५ बजे हुने भएको छ ।

बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा एसलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको छ । गठबन्धनको बहुमत र्पुयाउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री बन्ने भएका छन् । माओवादीका एक नेताका अनुसार गौतमकै नेतृत्वमा सरकारमा जाने माओवादीमा सहमति भएको छ । यसअघि माओवादीका जीवन आचार्यले मन्त्री दावी गरेको आज बिहान १० बजे तय भएको सपथ कार्यक्रम रोकिएको थियो ।

यस्तै, एकिकृत समाजवादीका कमलप्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री हुने छन् भने कांग्रेसका प्रदीप सुनुवारलाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ । थप मन्त्रीको नियुक्ति भने सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने तयारी छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्