Logo
Logo

सुदूरपश्चिम सरकारले ६ महिनापछि पायो पूर्णता



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । नागरिक उन्मुक्ति पार्टी र कांग्रेसबाट मन्त्री नियुक्त भएसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाएको हो । झण्डै छ महिना पुग्नै लाग्दा सरकारले पूर्णता पाएको हो ।

बुधबार सुदूरपश्चिम सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र राज्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका छन् । यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन् ।

उनीहरुलाई बुधबार नै एक समारोहबीच प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीद्वयलाई शपथ खुवाएका छन् । यस्तै, मुख्यमन्त्री कमलबहादुर शाहले राज्यमन्त्री चौधरीलाई शपथ ग्रहण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्