Logo
Logo

सुदूरपश्चिम प्रदेशलाई पर्यटनको माध्यमबाट समृद्धितर्फ अगाडि बढाउनका मुख्यमन्त्रीको आह्वान


- दृष्टि न्युज/संवाददाता


धनगढी, १७ पुस । यता मञ्चमा सुदूरपश्चिम प्रदेशलाई पर्यटनका माध्यमबाट समृद्ध बनाउनुपर्ने भन्ने कोरा भाषण चल्दै थियो उता भने कैलाली होटल व्यवसायी संघ धनगढीले नेपाल भारत–सीमानामा पर्ने त्रिनगर भन्सार नाकामा नेपाल आउने पर्यटकहरुलाई भ्रमण वर्षको तर्फबाट स्वागत गर्दै गरेको देखिन्थ्यो । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुभएको थियो । कार्यक्रमको मूल नारा ‘देवमूमि,सुन्दर भूमि’ रहेको थियो ।

उद्घाटन समारोहको मञ्चमा सुदूरपश्चिम प्रदेशलाई पर्यटनको माध्यमबाट समृद्धितर्फ अगाडि बढाउनका लागि प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री भटट्ले आह्वान गरिरहनुभएको थियो । मञ्चमा व्यापक मतामझाम गरिएको थियो । बाजागाजासहित उद्घाटन समारोहलाई भव्य र आर्कषित बनाइएको थियो तर व्यवस्थापनका नाउमा भने मञ्चमा नत एक जना विदेशी पाहुनालाई उभ्याउने हर्कत गरिएको थियो नत त्यसबारे सोचिएकोनै थियो ।

उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भटट्ले सुदूरपश्चिमका बडिमालिका,अपीशैपाल,रामारोशन, खप्तड, कर्णालीमा र्याफटिंग लगायतका थुप्रै धार्मिक एवं साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरु रहेकाले त्यसको प्रचार प्रसारमा लाग्न सकेको खण्डमा सुदूरपश्चिमको पर्यटनले फड्को मार्न सक्ने समेत बताउनु भएको छ । उहाँले भन्नुभयो, प्रदेश सरकारले मात्र पर्यटन प्रवद्र्धनका लागि सबै कार्यहरु गर्न नसक्ने भएकाले सबै नीजि क्षेत्रले पनि त्यसतर्फ पहल गर्नपर्ने र विदेशी पाहुनालाई सुदूरपश्चिममा भित्रयाउने खालका कार्यहरु गर्न सकेको खण्डमा मात्र पर्यटकको संख्यामा वृद्धि हुने देखिन्छ ।
्र
थियो त केवल मञ्चमा गीत ,गजल, गाना बजानामात्रै देखिन्थ्यो । उता होट व्यवसायी संघ कैलालीले भारतीय क्षेत्रबाट आउने मानिसहरु र पर्यटकका लागि खादा, नेपाली टोपी र अविर लगाएर भव्य स्वागत गरेको दृष्यले प्रदेश सरकारको उक्त तामझालाई मातनै ,दिएको आभाष अधिकाँश दर्शकहरुले गरेका छन् ।

सो अवसरमा बोल्दै सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापाले भन्नु भयो, संघीय सरकारले भ्रमण वर्षको अवधीमा २० लाख पर्यटक भित्रयाउने लक्ष्य लिएकोमा सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा पनि ३ लाखको संख्यमा पर्यटक भित्रयाउने अभियान थालेको खण्डमा धेरै उपलब्धी हासिल हुने बताउनु भएको छ । उहाँले भन्नु भयो, सुदूरपश्चिमको सौन्दर्यलाई विश्वभर प्रचार प्रशार गर्न सकेको खण्डमा आर्थिक समृद्धिको बाटोमा सुदूरपश्चिम प्रदेश सरकार सहजै पुग्न सक्ने बताउनु भएको छ ।

सोही अवसरमा कैलाली होटल व्यवासायी संघ धनगढीले गौरीफन्टा नाकामा बुधबार विहान देखि साँझ ५ बजेको समय सम्म ५ सय ३४ जना भारतीय पर्यटकहरुलाई खादा, नेपाली टोली ,टीका लगाएर चियापान सहित भ्रमण वर्षको तर्फबाट स्वागत गरिएको कुरा संघका अध्यक्ष कलम बहादुर बलमे जानकारी दिनु भयो । उहाँले भन्नु भयो, धनगढी उपमहानगरपालिकाका प्रमूख नृप बहादुर वडले पहिलो पर्यटकलाई नेपाली टोपी ,खादा अनि टीका लगाएर भ्रमण वर्षको उद्घाटन गरेपछि होटल व्यवसायी संघ कैलालीका सबै कार्य समितिका पदाधीकारहरुहरुले दिनभरी पाहुनाहरुको स्वागत ,सम्मान गर्नुका साथ साथै सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिनुभएको छ ।

संघका महासचिव केशव दत्त पाण्डेयले भन्नुभयो, भ्रमण वर्षको प्रचार प्रशार गर्ने र उनिहरुलाई नेपालमा आवश्यक सेवा सुविधाका बारेमा स्थलगत रुपमै जानकारी दिने कार्यले भारतीय पर्यटकहरुमा हौसल्ला बढेको देखियो । सो अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमूख नृपबहादुर वडले समृद्धि सुदूरपश्चिमका लागि सबै स्थानीय सरकार, प्रदेश सरकारले सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिनु भएको छ ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री माया भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री विनिता चौधरी प्रदेश सभा सदस्यहरु, पर्यटन व्यवसायी, उद्योगी लगायतको उपस्थिति रहेको छ । सो अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लाका धार्मिक एवं साँस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्