
काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) पहेँलो धातु सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज पनि घटेसँगै लगातार चौथो दिन ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसनर आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बुधबार) छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । १० रुपैयाँले घटेसँगै आज चाँदीको भाउ प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो बुधबार चाँदी तोलाको १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।











