Logo
Logo

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री


1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद सुनिल शर्मा पक्राउ परेपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेलसँग छलफल गर्न शीतल निवास पुगेको हुन् । 

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आजै दिउँसो गल्फुटारबाट पक्राउ गरको थियो । शर्मा पक्राउ परेपछि शीतल निवाससँगै रहेको सीआईबीमा भीड लागेको छ । 

प्रतिक्रिया दिनुहोस्