Logo
Logo

रुसद्वारा ५० वर्षपछि पहिलो चन्द्रमा स्टेशनतर्फ खोजी यात्रा


एजेन्सी


मस्को । रुसले चन्द्रमाको दक्षिणी ध्रुवको खोजी गर्ने ऐतिहासिक अभियान सञ्चालन गर्दै शुक्रबार बिहान लुना–२५ चन्द्र स्टेशन सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

रिटर्न क्याप्सुल नभएको स्टेशनलाई रुसको सुदूर पूर्वको अमुर ओब्लास्टको भोस्टोचनी कोस्मोड्रोमबाट फ्रेगेट अपर स्टेजको साथ सोयुज–२.१बी रकेटले प्रक्षेपण गरेको थियो ।

लिफ्ट अफ भएको नौ मिनेट पछि लुना–२५ स्टेशनको साथ फ्रिगेट माथिल्लो चरण रकेटको तेस्रो चरणबाट अलग भएको बताइएको छ । त्यसको लगभग एक घण्टापछि लुना–२५ फ्रिगेट माथिल्लो चरणबाट अलग भयो र सफलतापूर्वक चन्द्रमाको उडान मार्गमा प्रवेश गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्