Logo
Logo

कांग्रेस सांसद शर्मालाई थुनामा नराख्न अदालतको आदेश


2.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले थुनामा राख्न नपर्ने आदेश दिएको छ । थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने काठमाडौं जिल्ला अदालतले आदेश गरेको हो । न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन् । जिल्ला न्यायधिश दन्डपाणी शर्माले उक्त आदेश गरेका हुन् ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार उनलाई पक्राउ गरेको थियो । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका अन्यलाई भने ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्