Logo
Logo

युद्धकै बीच युक्रेनका सबै सैन्य अधिकारी बर्खास्त



किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सबै सैन्य अधिकारीहरूलाई बर्खास्त गरेका छन्। राष्ट्रपति जेलेस्कीले युद्धकै बीचमा सैन्य अधिकारीहरूलाई हटाएका हुन् ।

समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भ्रष्टचारको आरोप लगाउँदै देशको बिभिन्न क्षेत्रबाट सैन्य भर्ती गर्ने अधिकारीहरूलाई बर्खास्त गरेका हुन् । उनले युद्धकालमा भ्रष्टाचार गर्नु देशद्रोह बराबर भएकोसमेत बताए । युक्रेनमा भ्रष्टाचार व्याप्त छ । युद्धअघि पनि भ्रष्टाचार जस्ता समस्याको सामना गर्नु परेको थियो । यो पटक सेनामा पनि देखिएको छ ।

सो बिषयलाइ लिएर जेलेन्स्कीले वरिष्ठ सैन्य अधिकारीहरूसँग बैठक गरेका थिए । यसपछि सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, ‘हामी सबै स्थानीय सैन्य आयुक्तहरूलाई हटाइरहेका छौं। यो प्रणाली युद्ध के हो र किन संदिग्धता र घुसखोरीलाई युद्धको समयमा देशद्रोह मानिन्छ भन्ने थाहा भएका मानिसहरूले चलाउनु पर्छ।’ युक्रेनले गत वर्ष फेब्रुअरीदेखि रुससँग युद्ध गरिरहेको छ ।

रुससँग चलिरहेको युद्धमा लड्न युक्रेनका विभिन्न भागबाट युवाहरू भर्ना भइरहेका थिए । जसलाई अहिले भ्रष्टचारको आरोपमा जागिरबाट हटाइएको छ, उनीहरुको काम युक्रेनको सेनामा विभिन्न क्षेत्रका युवाहरुलाई भर्ना गर्ने थियो । युक्रेनले भर्ना प्रक्रियामा भइरहेको भ्रष्टाचार रोक्नु पर्छ भन्ने पश्चिमी देश र युरोपेली संघजस्ता संस्थाबाट निरन्तर माग भइरहेको थियो ।

युक्रेनी सरकारले सैन्य अधिकारीहरूलाई बर्खास्त गर्नु यस एपिसोडको सुरुवात मात्र हो। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा सैनिक अधिकृतहरूले नियुक्तिमा भ्रष्टाचार गरेकोले देशको राष्ट्रिय सुरक्षामा ठूलो खतरा रहेको उल्लेख गरिएको छ । जसका कारण देशका संस्थानहरुको विश्वसनीयतामा असर परेको छ । अब सेना प्रमुखले सैन्य भर्ती प्रक्रिया पूरा गर्न अधिकारी छनोट गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्