Logo
Logo

दरबारमार्गमा रैथाने हाटबजार, सिलाजितदेखि रसुवाको निहुरोसम्म उपलब्ध



काठमाडौं । नेपाली रैथाने कृषि उपजको प्रवद्र्धनका गर्ने उद्देश्यले काठमाडौंको दरबारमार्गमा हाटबजार लागेको छ । रैथाने एग्री प्रडक्टस् नेपालले आयोजना गरेको हाटबजारमा ५० भन्दा बढी जिल्लाका किसानलाई सहभागी गराएको हो ।

दरबारमार्गको ओरियन्ट क्याफेमा लागेको हाटबजारमा रैथाने कृषि उपज किन्न उपभोक्ताको घुइँचो लागेको छ । हाटबजारमा हुम्लाको सिलाजितदेखि रसुवाको निहुरोसम्म पाइन्छ । ललितपुरमा बनेका थरीथरीका अचार पनि बजारमा उपलब्ध छन् ।
चन्द्रागिरिकी रक्षा पौडेलले माछा, चिकेन, मुला लगायतका २० भन्दा बढी प्रकारका अचार बिक्रीमा राखेकी छन् ।

रैथाने गेडागुडी, जडीबुटी, मौसमी अर्गानिक फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउ बिजन पनि किसानले हाटबजारमा राखेका छन् । उत्पादक किसान र उपभोक्ताबीच सीधा सम्पर्क होस् भन्ने प्रायोजनले हाटबजार सञ्चालन गरिएको रैथाने एग्री प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्