Logo
Logo

सिटिजन्स क्यापिटल र ठूलो खोलाबीच शेयर निष्काशन सम्बन्धी सम्झौता



काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेडबीच साधारण शेयर निष्काशनसम्बन्धी सम्झौता भएको छ । आइतबार एक समारोहबीच खिचापोखरी, काठमाण्डौमा सो सम्झौता भएको हो ।

उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना ‘माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना’ म्याग्दी जिल्लामा रहेको छ । सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्