Logo
Logo

कोशीका मुख्यमन्त्रीद्वारा विश्वासको मतको प्रस्ताव पेश


2k
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी प्रस्ताव पेश गरेका छन् । सोमबारको बैठकमा थापाले आफ्नो प्रस्ताव पेश गरेसँगै यसबारे छलफल सुरु भएको छ।

९३ जना प्रदेशसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि का‌ग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसद गरी ४७ पुग्छन् ।

तर, का‌ग्रेसकै सांसद मन्सुरीले प्रदेशसभा सञ्चालन गर्नुपर्ने भएपछि गठबन्धनको पक्षमा ४६ जनामात्रै सांसद पुग्छन् । गठबन्धनले भने मन्सुरीलाई पनि मतदानमा सहभागी गराउने तयारी गरेको छ ।

उता, विपक्षमा एमालेको ४० र राप्रपाको ६ जना सांसद रहेका छन् । का‌ग्रेस, माओवादी, नेकपा एस र जसपा सम्मिलित गठनबन्धनको सहयोगमा उद्धब थापाको नेतृत्वको सरकार गत साउन १७ गते गठन भएको हो ।

भिडियो

प्रतिक्रिया दिनुहोस्