Logo
Logo

इराकमा तीन जनालाई दिइयो फाँसी



एजेन्सी । इराकले ३ जनालाई फाँसी दिइएको छ । सात वर्षअघि सन् २०१६ मा राजधानी बगदादमा भएको एउटा शक्तिशाली बम विस्फोटको घटनामा सम्लग्न तीन जनालाई फासी दिइएको हो ।

उक्त बम आक्रमणमा झण्डै ३ सय मानिसको मृत्यु भएको थियो । सन् २००३ मा अमेरिकाले गरेको आक्रमणपछि इराकमा भएको यो नै ठूलो आक्रमण थियो । उक्त आक्रमणको जिम्मा आतंकवादी संगठन आइएसले लिएको थियो ।

प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीको कार्यालयले फासी दिइएका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । एजेन्सीहरुका अनुसार फाँसीको सजाय पाउनेमा बम आक्रमणका योजनाकार गजवान अल–जौबाइको पनि भएको बताइएको छ ।

उनी दुई वर्षअघि पक्राउ परेका थिए । सन् २०१६ मा इराकको राजधानीस्थित मुख्य शिया मुस्लिम क्षेत्रमा भीडमा विस्फोटक भरिएको गाडी छिराएर विस्फोट गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्