Logo
Logo

प्राइम बैंकको वार्षिक साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले हालै आफनो विशेष साधारणसभा सम्पन्न गरेको छ ।

सम्पन्न बाह्रौँ वार्षिक साधारणसभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्दै कैलाश विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता शेयर स्वाप रेसियो कायम हुने गरी साधारणसभा सम्पन्न गरेको छ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्तिपश्चात शाखा संख्या १९९ हुनेछ ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्नो शेयरधनीहरुलाई यथोचित र समयसापेक्ष प्रतिफल दिन बैक प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्