Logo
Logo

मन्त्री नेम्बाङद्धारा राँके रवि भेडेटार सडक अनुगमन


- दृष्टि न्युज/संवाददाता


पाँचथर २७ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले राँके रवि भेडेटार सडक खण्डको अनुगनम गर्नु भएको छ । गत शुक्रबार मेची राजमार्गको राँकेदेखि भेडेटारसम्म १ सय १ किलोमिटर स्थलगत अनुगमन गर्नु भएको हो ।

प्रदेश नं. १ कै एक महत्वपूर्ण मार्गको रुपमा रहेको यस सडक खण्ड कालोपत्रेका लागि ठेक्का सम्झौता भएको बर्ष दिन वित्दा पनि निर्माण कार्यले गति नलिएपछि नेम्बाङ अनुगमनमा पुग्नु भएको हो । गत बर्ष पुष २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले यो सडक खण्ड कालोपत्रेका लागि शिलान्यास गर्नु भएको थियो । ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

मन्त्री नेम्बाङले स्थानीय प्रतिनीधि, सरोरकारवाला ठेकेदारसंग अन्तरक्रिया गर्दै समयमै काम सकाउने वातावरण निर्माण गर्न पाँचथर, इलाम र धनकुटाका प्रमूख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । आयोजना प्रमूख र ठेकेदार कम्पनीका प्रतिनिधिहरुसंग निर्माण स्थलमै छलफल गर्नु भएको छ ।

अनुगमनमा धनकुटाका संघीय सांसद राजेन्द्र राई, मोरङका संघीय सांसद घनश्याम खतिवडा, भौतिक पूर्वाधार सचिव देबेद्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, स्थानीय तहका पदाधिकारी, आयोजना प्रमुख लगायत सहभागी रहनु भएको थियो ।

भारतको (एक्जिम) बैंकको ऋण सहयोगमा ३ अर्ब ६५ करोड ८४ लाखमा ठेक्का लागेको हो । ८७ प्रतिशत भारतीय सरकारको ऋण सहयोग रहने यस परियोजनामा १३ प्रतिशत नेपाल आफैले लगानी गर्दैछ । १ सय १ किलोमिटर लामो यो सडकको निर्माण जिम्मा भारतीय कम्पनी एप्को इन्फ्राटे प्रा.लि.ले लिएको छ । महाभारतको डाँडैडाँडा निर्माण हुने यति लामो सडकमा केहि कल्भर्ट बाहेक पुल बनाउनु पर्ने अवस्था छैन । अनुगमनका क्रममा मन्त्री नेम्बाङले यो सडक खण्डले भेट्ने बजारहरु दशमी, सप्तमी, रबी, घुर्पिसे पञ्चमी, ६ नं. बुधबारे, चौबिसे र भेडेटारवासीहरुसंग समेत छलफल गर्नु भएको छ ।

निर्माणमा कुनै ठूलो बाधा नभएकाले तोकिएकै समयभित्र निर्माण गरीसक्न ठेकेदार कम्पनीलाई निर्देशन दिनु भयो । केहि विद्युतका पोल र रुख कटान गर्नु पर्ने अवस्था रहेकाले सम्बन्धीत पक्षहरु समन्वय गरेर काम द्रुत गतिमा अगाडी बढाउन समेत निर्देशन दिनुभयो । दुई लेनमा विस्तार हुने यो सडकको २०४६ सालमा नै ट्र्याक खुलेपनि लामो सयमसम्म स्तरउन्नती हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्