Logo
Logo

मेरुदण्डीय पक्षघात समूह नेपाललाई ग्लोबल आइएमई बैंकको रु ३ लाख सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीय पक्षघात समूह नेपाललाई रु ३ लाख रुपैंया सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई रु ३ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।


ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्