Logo
Logo

नबिल बैंकद्वारा घातक रोग उपचार तथा मृत्यु बीमाको वार्षिक समीक्षा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नबिल बैंकले आफ्ना व्यक्तिगत बचतकर्ता ग्राहकहरुको हितलाई मध्यनजर गर्दै मेटलाइफ बीमा कम्पनीको सहकार्यमा रु ३,००,००० को घातक रोग बीमा तथा रु ७५,००० को मृत्यु बीमा गरिदिने योजना विसं २०७५ मंसिरमा शुरुवात गरी एक वर्ष पूरा गरेको छ । उक्त बीमा योजना ल्याएको एक वर्षमा कुल ८६ बचतकर्ताहरुलाई यस योजना अन्तर्गत रकम रु २ करोड १ लाख ७५ हजार दाबी भुक्तानी गरिएको छ । ग्राहक महानुभावहरु विच यस योजनाको लोकप्रियता तथा यसले पु¥याएको सहयोगलाई मध्यनजर गर्दै यस योजनालाई निरन्तरता दिने निर्णय समेत बैंकले गरेको छ ।

उक्त योजना अन्तर्गत बैंकले दैनिक मौज्दात रु २५,००० वा वढि राख्ने १६ देखि ६४ वर्ष उमेरका जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचतखातालाई Major Cancers, Stroke, First Heart Attack, Serious Coronary Artery Disease, Heart Valve Surgery, Primary Pulmonary Hypertension, End Stage Lung Disease, End Stage Liver Failure, Fulminant Hepatitis, Kidney Failure, Coma, Aplastic Anaemia, Major Organ/Bone Marrow Transplantation गरी १३ वटा घातक रोगहरुको उपचारार्थ रु ३००,००० को बीमा गरेको छ । आफ्ना ग्राहकको सहजतालाई आत्मसाथ गर्दै उक्त १३ वटा मध्य कुनैपनि घातक रोग लागेको निवेदन उपर निदान आवश्यक प्रमाण पुरा भएको अवस्थामा रु ३००,००० को बीमा रकम विना कुनै विल तत्काल भुक्तानी हुनेगरी व्यवस्था गरिएको छ । यसको अतिरिक्त बचतकर्ताको निधन भएमा रु ७५,००० को बीमांक रकमसमेत यो योजनाले सुरक्षित गरेको छ ।

हाम्रो समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममानै केही आर्थिक सहयोग समयमै पु¥याउने उदेश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंक प्रस्तुत भएको थियो ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १०२ शाखा, १४३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ । मेटलाइफ इन्स्योरेन्सको सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा मेटलाईफ सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्