Logo
Logo

नेम्वाङ आएपछि भौतिक मन्त्रालयमा तरंंग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पद सम्हालेपछि हल्लाखल्लाविना नै सडकका खाल्डाखुल्डी मर्मतको काम धमाधम गरिरहेका छन् । २० महिनासम्म काममा भन्दा हल्ला र सरुवामा रकम असुलीमा पल्किएका रघुवीर महासेठलाई पदमुक्त गरी नेम्वाङलाई भौतिक पूर्वाधार मन्त्री बनाइएपछि नागरिकले देख्नेगरी सडक मर्मतका काम हुन थालेका छन् । सडकका खाल्डाखुल्डी पुर्ने काम गरेकोमा पूर्व सचिव रामेश्वर खनालले समेत सामाजिक संजालमै मन्त्री नेम्वाङको प्रशंसा गरेका छन् ।

सडकका खाल्डाखुल्डी पुर्ने काममात्र होइन, मन्त्री नेम्वाङले सडक विभाग अन्तर्गतका महत्वपूर्ण आयोजनाहरुका प्रमुख पनि परिवर्तन गरेका छन् । पूर्वमन्त्री महासेठ र सहसचिव राजेश्वर ज्ञवालीको सेटिङमा सरुवा भएका सडक आयोजना प्रमुखहरुलाई फेरबदल गरिएको छ । महासेठपत्नी जुलीकुमारी महतोलाई पैसा बुझाएर आकर्षक डिभिजन र आयोजनामा सरुवा भएकाहरु ७ महिनामै सरुवा भएपछि उनीहरुको लगानी डुबेको छ ।

७५ लाख बुझाएर चरिकोट डिभिजन सडक कार्यालयमा सरुवा भएका धर्मेन्द्र झालाई खुर्कोट डिभिजनमा पु¥याइएका छन् । हुलाकी सडकका आयोजना प्रमुख अशोक तिवारीलाई सडकको करिडोरमा थन्क्याइएको छ । हुलाकी सडकको आयोजना प्रमुखमा रोहित बिसुराललाई लगिएको छ । बिसुराल मुग्लिङ–नारायणगढ सडक आयोजनाका प्रमुख थिए । उनलाई सडकमा आँट नभएको डीईका रुपमा चिनिन्छ । मदन भण्डारी लोकमार्ग पूर्वी खण्डका प्रमुख ललितजंग खनाललाई अछाम डिभिजनमा फर्काइएको छ । उनलाई पनि आर्थिक चलखेलमा १२ अर्ब रुपैयाँ बजेटको मदन भण्डारी लोकमार्गमा सरुवा गरिएको आरोप मन्त्री महासेठमाथि लागेको थियो । मदन भण्डारी पूर्वी खण्डमा डीई बेलबहादुर भूजेललाई लगिएको छ । मदन भण्डारी लोकमार्ग पश्चिम खण्डका राजेश पौडेल हर्कपुर सडक डिभिजनमा पुगेका छन् । मदन भण्डारी पश्चिममा काठमाडौं सडक विस्तारका अर्जुन अर्याललाई पठाइएको छ ।

सडकका खाल्डाखुल्डी पुर्ने काममात्र होइन, मन्त्री नेम्वाङले सडक विभाग अन्तर्गतका महत्वपूर्ण आयोजनाहरुका प्रमुख पनि परिवर्तन गरेका छन् । पूर्वमन्त्री महासेठ र सहसचिव राजेश्वर ज्ञवालीको सेटिङमा सरुवा भएका सडक आयोजना प्रमुखहरुलाई फेरबदल गरिएको छ । महासेठपत्नी जुलीकुमारी महतोलाई पैसा बुझाएर आकर्षक डिभिजन र आयोजनामा सरुवा भएकाहरु ७ महिनामै सरुवा भएपछि उनीहरुको लगानी डुबेको छ ।

मदन भण्डारी आयोजना पूर्वी खण्डका प्रमुख खनाललाई लामा कन्ष्ट्रक्सनका जीपछिरिङ लामाका कर्मचारी पिताम्बर बडु र पौडेललाई कालिका कन्ष्ट्रक्सनका विक्रम पाण्डेले सहसचिव राजेश्वर ज्ञवालीमार्फत् लगानी गरी आयोजना प्रमुखमा सरुवा गरेको चर्चा सडक विभागमा हुने गरेको थियो । लामा र कालिकाले गुणस्तरहीन काम गर्दा पनि आँखा चिम्लने सर्तमा आफू अनुकूलको आयोजना प्रमुख लगेका थिए ।

महासेठले असुलेर सरुवागरेका दाङ डिभिजनका प्रमुख जितेन्द्र चौधरीलाई खोटाङ दिक्तेल सडक डिभिजन प्रमुखमा सरुवा गरिएको छ । रुपन्देही डिभिजनमा दोहो¥याएर लगिएका डीई मेघराज मरासिनीलाई नेकपाका शीर्ष नेताको दबाबमा चलाइएको छैन । उनी पनि सडकका अकूत सम्पत्ति आर्जन गर्नेभित्रै पर्दछन् । मन्त्री नेम्वाङले गरेको यसपटकको सरुवालाई सडक विभागभित्रै विना आर्थिक चलखेलमा भएको सरुवा भनेर टिप्पणी गरिएको छ ।

चलखेल गर्ने सहसचिव सरुवा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका सहसचिव राजेश्वर ज्ञवाली नै पूर्वमन्त्री महासेठको योजना अनुसार सडक विभाग र यातायात कार्यालयमा सरुवा गर्दा रकम असुली गर्ने माध्यम थिए । महासेठ सिंचाई मन्त्री हुँदा उनले ज्ञवालीलाई निजी सचिव राखेका थिए । उपसचिव हुँदा महासेठको निजी सचिव भएर सिंचाईका आयोजनाहरुका डीई र सुईहरुबाट रकम असुली गर्ने उनको कलाबाट प्रभावित भएका महासेठले उनलाई भौतिक मन्त्री भएपछि उतै तानेका हुन् । मन्त्री महासेठले उनलाई हरेक सरुवामा रकम असुली गर्नका लागि छुट दिएका थिए । मन्त्रीपत्नी जुलीले पनि ज्ञवालीबाटै काम गराउँथिन् । आकर्षक बजेट भएका आयोजनामा सरुवा गर्दा उनले न्यूनतम ५० लाख रुपैयाँको दररेट कायम गरेका थिए । त्यही दररेट लामा र कालिका जस्ता ठेकेदारले बुझाएलगत्तै आयोजना प्रमुख उनीहरुले भनेकै ब्यक्तिलाइृ पठाइन्थ्यो । महासेठ मन्त्रीबाट पदमुक्त भएपछि मन्त्री नेम्वाङले भनेअनुसार सरुवामा सहयोग नगरी झगडा गर्न तम्सिएपछि उनी केही दिनअघि भैतिक मन्त्रालयबाट बिदा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्