
काठमाडौं । देशभर एकसाथ ५१ विद्युतीय सवारी चार्जीङ स्टेसन सञ्चालनमा आएको छ ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले आज नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन गरेका हुन् ।
ऊर्जामन्त्री बस्नेतले उद्घाटन गरेसँगै नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन एकसाथ सञ्चानलनमा आएको हो । प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने उद्घोष गरेको थियो ।
स्वदेशमै उत्पादित बिजुली खपत बढाउनुपर्ने र ‘क्लाइमेट चेञ्ज’ तीव्र गति रोक्न समेत विद्युतीय सवारीमा लगानी बढाउनुपर्ने ऊर्जामन्त्री बस्नेतले बताए । प्राधिकरणका अनुसार हाल देशभरका २३० हाराहारी स्थानमा चार्जिङ स्टेशन बनिसकेका छन् ।
धादिङको धार्केमा २ वटा, मुग्लिनमा १, रत्नपार्कमा १, सर्लाहीको हरिबनमा १ चार्जिङ स्टेसन सञ्चालनमा आएको छ।
सूची:
१. धार्के धादिङ– २
२. मुग्लिङ चितवन– १
३. साझा सेवा बल्खु काठमाडौं–२
४. साझा सेवा पुल्चोक ललितपुर–१
५. नेपाल विद्युत प्राधिकरण, रत्नपार्क काठमाडौं– १
६. नेपाल पुलिस क्लब, भृकुटीमण्डप काठमाडौं– १
७. पारस बसपार्क चितवन – २
८. खुर्कोट सिन्धुली– २
९. सिन्धुली बसपार्क सिन्धुली– १सर्ला
१०. इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी– २
११. हरिवन सर्लाही–२
१२. इनरुवा बसपार्क सुनसरी– १
१३. प्रहरी पेट्रोल पम्प, लाहान सिराहा– २
१४. कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की– २
१५. पर्यटक बसपार्क पोखरा कास्की– १
१६. दमक बसपार्क झापा– २
१७. बेलका नगरपालिका उदयपुर– २
१८. बिर्तामोड बसपार्क झापा– २
१९. सुर्खेत बसपार्क सुर्खेत– २
२०. हेटौंडा, रातमाटे मकवानपुर– २
२१. विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुर– १
२२. प्रहरी पेट्रल पम्प, सामाखुसी काठमाडौं– २
२३. बेगनास ताल, पोखरा कास्की– १
२४. बुटवल बसपार्क रुपन्देही– २
२५. इटहरी सुनसरी– १
२६. विराटनगर मोरङ– १
२७. कोहलपुर नयाँ बसपार्क बाँके – २
२८. धनगढी कैलाली–२
२९. त्रिशूली हावा घर नुवाकोट– १
३०. बट्टार, त्रिशूली नुवाकोट– १
३१. कुश्मा पर्वत– १
३२. लमही बसपार्क दाङ– २
३३. लम्की कैलाली– १
जम्मा ५१














