काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । बुधबार रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।

यादव कार्यक्रमबाट बाहिरिने क्रममा एक व्यक्तिले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ । क्लबका सचिव ईश्वर कार्कीका अनुसार कार्यक्रमबाट बाहिरिने क्रममा एक व्यक्तिले उनीमाथि खुकुरी प्रहार गरेका थिए । यादवको टाउको पछाडि चोट लागेको छ ।
उनीमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्रेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।














