Logo
Logo

सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेले भने- रिसको झोकमा हानेँ


8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गर्ने श्यामबाबु सापकोटाले रिसको झोकमा आक्रमण गरेको बताएका छन् । उनले सिंहदरबार बृत्तले गरेको सोधपुछका क्रममा रिसको झोकमा आक्रमण गरेको प्रहरीलाई बताएका हन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर बाहिरिनेक्रममा नुवाकोटको बिदुर नगरपालिका–७ का श्यामबाबु सापकोटाले यादवको टाउकोमा पछाडिबाट खुकुरी प्रहार गरेका थिए ।

आक्रमणअघि सापकोटाले कांग्रेस नेता यादवको भाषण ध्यानपूर्वक सुनेर बसेका थिए । भादगाउँले टोपी, टिसर्ट, हाफ ज्याकेटमा देखिएका उनले बाहिर निस्किएपछि झोलाबाट खुकुरी झिकेर आक्रमण गरेका थिए । घाइते यादवको टाउकोमा सामान्य चोट लागेको छ । उनी खतरामुक्त अवस्थामा रहेको प्रहरीले जनाएको छ । नेता यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्