Logo
Logo

अमेरिकी सैनिक आज काठमाडौं आउँदै


1.1k
Shares

काठमाडौं । अमेरिकी सेनाको एक टुकडी आज काठमाडौं आउँदैछ । दुई देशका सेनाबीच सञ्चालन हुँदै आएको ज्वाइन्ट कम्बाइण्ड एक्सचेन्ज ट्रेनिङ (जेसीईटी) ब्यालेन्स नेलको ४०औं संस्करणमा सहभागी हुन अमेरिकी सेना आज काठमाडौं आउन लागेको हो ।

यो अभ्यास भदौ २४ गतेदेखि असोज १२ गतेसम्म काठमाडौं उपत्यकामा सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000