Logo
Logo

जी-२० का पाहुनालाई भारतले सुनको प्लेटमा चाँदीको चम्चाले खाना खुवाउने



एजेन्सी । भारतले जी-२० को शिखर सम्मेलनमा आउने पाहुनाहरूलाई सुनको जलप लगाइएको प्लेटमा चाँदीको चम्चाले खाना खुवाउने भएको छ ।

भारतीय सञ्चारमाध्यको अनुसार भारतीय आतिथ्यताको संस्कार, पाककला सभ्यताबारे विश्वका नेताहरूलाई जानकारी दिन विशेष भाँडाकुँडाको प्रबन्ध मिलाइएको छ । आयोजकले नयाँदिल्लीका तारे होटलसँग भएका सुन र चाँदीका भाँडाकुँडा उपलब्ध गराउन भनेको छ ।

भारतको राजधानी नयाँदिल्लीमा सेप्टेम्बर ९÷१० मा जी–२० को शिखर सम्मेलन हुँदैछ । अहिले भारत जी–२० को अध्यक्ष हो ।

जी(२० को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत नेताहरू आउँदैछन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भने नयाँदिल्ली नआउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्