Logo
Logo

संघीय शिक्षा ऐनसम्बन्धी विधेयक सदनमा पेस गर्ने सरकारको निर्णय


1.1k
Shares

काठमाडौं । सरकारले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक सदनमा लैजाने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

यस्तै, आजको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्