Logo
Logo

चीनले आइफोन प्रतिबन्ध लगाएपछि एप्पलले दुई दिनमै गुमायो दुई सय विलियन डलर



काठमाडौं । चीनले आइफोन प्रयोगमा प्रतिवन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेसँगै एप्पलले दुई दिनमा २०० विलियन अमेरिकी डलर गुमाएको छ ।

बुधबार वाल स्ट्रिट जर्नलले चीनले सरकारी कर्मचारीलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेको थियो ।

उक्त जर्नलका अनुसार चीनले विदेशी प्रविधिमाथिको निर्भरता कम गर्ने लक्ष्य अघि सारेको छ। सोही नीति अनुसार चीनले सरकारी निकायहरूमा आइफोन लगायत विदेशी डिभाइस प्रयोग गर्न प्रतिवन्ध गरेको हो । उक्त रिपोर्ट सार्वजनिक भएसँगै आइफोनको सेयरमा २।९ प्रतिशतले गिरावट आएको छ ।

बिहीबार एप्पलको सेयरमा यस्तो गिरावट आएको सिएनएनले जनाएको छ । विश्वको निकै महत्वपूर्ण सार्वजनिक कम्पनीको यस्तो विषय बाहिरिएसँगै लगानीकहरूर्ता चिन्तित देखिएको उल्लेख छ ।

चीनले आइफोन प्रतिबन्ध लगाउने हो भने एप्पलका लागि निकै ठूलो घाटा पुग्ने बताइएको छ । चीन आइफोनको निकै ठूलो बजार हो । चीनमा भएको बिक्रीले गत वर्ष कम्पनीको कुल राजस्वको पाँचौ हिंस्सा ओगटेको थियो ।

पछिल्लो त्रैमासिकमा पनि अमेरिकामा भन्दा चीनमा धेरै आइफोन बिक्री भएको थियो । एप्पलले आफ्ना अधिकांश उत्पादनहरू चिनियाँ कारखानाहरूमा उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्