Logo
Logo

‘कोशीमा एमाले-कांग्रेसको सरकार बन्न सम्भव छ’


4.7k
Shares

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले नेपाली कांग्रेस र नेकपा एमालेले आधा आधा बाँडेर सरकार चलाउन सम्भव रहेको बताएका छन् । शुक्रबार नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथग्रहणपछि पत्रकारहरुसँग यस्तो बताएका हुन् ।

कांग्रेस र एमालेले सहमति गरेर आधा आधा कार्यकाल बाँड्ने गरी सरकार बनाउन सकिन्छ कि सकिँदैन ? भन्ने पत्रकारहरुको प्रश्नमा थापाले भने, ‘शीर्ष नेतृत्वबाट यस्तो निर्णय हुन सकेको छैन, तर यहाँले भनेको जस्तो सम्भव छ ।’

हिक्मत कार्की नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाएमा संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार बन्ने र त्यो सरकारको दाबी गर्न आफूसँग ४७ मत भएको थापाको भनाइ छ ।

धारा १६८ को उपधारा ५ अनुसारको सरकार आफूले बनाउने र विश्वासको मत नपाए कोशी प्रदेश मध्यावधिमा जाने पनि उनले बताए । आफूहरुले सकेसम्म मध्यावधिमा जान नपरे हुन्थ्यो भन्ने चाहेको थापाले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्