Logo
Logo
कला

‘टिकटकले गर्दा मोडल बनेँ’



सामाजिक सञ्जालमा फेसबुकपछि ‘टिकटक’ लोकप्रिय बनेको छ । लोकप्रिय बन्दै गएको ‘टिकटक’ कलाकार बन्न चाहनेका लागि राम्रो ‘प्लेटफर्म’ पनि । ‘टिकटक’मार्फत थुप्रै कलाकार उदाएका छन् । तिनैमध्येकी एक हुन्, प्रतिक्षा काफ्ले । उनी सानैदेखि मोडलिङ र अभिनयप्रति इच्छुक थिइन् । तर, अवसर जुर्न सोचेजस्तो थिएन । जब ‘टिकटिक’ लोकप्रिय बन्दैगयो, तब अभिनयको प्यास मेटाउन प्रतिक्षाले टिकटक भिडियो बनाउन थालिन् । प्रतिक्षाका टिकटक भिडियोहरुलाई रुचाइन थालियो । सोहीक्रममा उनको एउटा टिकटक भिडियो ‘भाइरल’ बन्यो । र, मोडलिङका लागि प्रतिक्षाको ढोका खुल्यो ।

पाँचथर फिदिमकी प्रतिक्षा भन्छिन्, ‘टिकटिककै कारण मोडल बन्ने अवसर पाएँ ।’ करिब चार वर्षयता मोडलिङ क्षेत्रमा सक्रिय प्रतिक्षा पारिवारिक फिल्ममा अभिनय गर्न चाहन्छिन् । ‘तिम्रो आकर्षणले’, नघोच यो छाती’, ‘आँखामा निद’जस्ता थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी मोडल प्रतिक्षा काफ्लेसँग एमपी सुब्बाको जम्काभेट :

तपाइँ मोडल कि गायिका ?
म मोडल मात्र हुँ, गायिका होइन ।

मोडलिङ क्षेत्रमा कसरी प्रवेश प्रवेश गर्नुभयो ?
मोडलिङ र अभिनयप्रति मेरो सानैदेखि इच्छा र रहर थियो । तर, इच्छा भएर पनि अवसर मिलेको थिएन । त्यतिखेरै नेपालमा टिकटक लोकप्रिय बन्दैथियो । मैले पनि अभिनयको रहरले टिकटक बनाउन थालेँ । मेरो टिकटक भिडियोहरु धेरैले रुचाउन पनि थाले । त्यही क्रममा मेरो एउटा टिकटक भिडियो भाइरल बन्यो । जुन भिडियो मेरो लागि मोडलिङमा पाइला राख्ने भ¥याङ बन्यो ।

मोडलिङका लागि पहिलो अवसर कसरी मिल्यो ?
त्यही मेरो एउटा टिकटक भिडियो भाइरल बनेपछि मलाई म्युजिक भिडियोका लागि अफर आयो । मैले पहिलोपटक मोडलिङ गरेको भिडियो हो, ‘तिम्रो आकर्षकणले’ जुन गीत गायिका मेलिना राई र नारायण थापाले गाएका हुन् । जुन भिडियोलाई त्यो बेला दर्शकले रुचाएको पनि थियो ।

कति वर्ष अगाडिको कुरा हो यो ?
चार वर्षअघिको हो । नेपालमा टिकटक चल्न थालेको पनि त्यही बेला हो । अहिले त फेसबुकभन्दा बढी टिकटक चलाइन थालिएको छ ।

तपाइँलाई टिकटिकले जन्माएको कलाकार भन्दा मिल्छ ?
मिल्छ, किनकि टिकटक नभएको भए अहिले यो क्षेत्रमा रमाइरहेको हुन्थेन कि । रहर र इच्छा मात्र नभएर पनि हुँदैन । प्लेटफार्म पाउनुपर्छ । कला र प्रतिभा भएर पनि असर नाएकाहरुका लागि टिकटक राम्रो प्लेटफार्म बनेको छ । म पनि टिकटकबाटै यो क्षेत्रमा उदाएकी हुँ ।

पहिलोपटक काठमाडौं के उद्देश्य लिएर आउनुभएको थियो ?
खाशमा उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौं आएकी हुँ । साथै, मोडलिङ पनि गर्ने मनैदेखि सोच थियो । म काटमाडौं आएको पनि धेरै भएको छैन । यहाँ आएको केही महिनामै मोडलिङ गर्ने अवसर पाएँ ।

अध्ययनचाहिँ कहाँ पुग्यो ?
काठमाडौं आएपछि पशुपति क्याम्पसमा जोइन गरेँ । अहिले पशुपतिमै स्नातक दोस्रो वर्षमा अध्ययन गर्दैछ्ु । अध्ययनसँगै इच्छा र रहर पनि पूरा गर्दै आएकी छु ।

फिल्ममा अभिनय गर्ने इच्छा छ कि छैन ?
इच्छा छ । केही फिल्मका लागि कुरा पनि भइरहेको छ । राम्रो कथावस्तु भएको फिल्मका लागि अफर आयो भने काम गर्न तयार छु ।

तपाइँका लागि राम्रो विषयवस्तु भन्नाले कस्तो हुनुपर्छ ?
म जस्तो पनि क्यारेक्टरमा अभिनय गर्न सक्छु । तर, कथावस्तु र पात्रमा फिट हुनुपर्छ । विशेषगरी पारिवारिक कथावस्तुको फिल्मका काम गर्ने मेरो इच्छा छ ।

अभिनय र नृत्य सिक्नुभएको छ कि छैन ?
अहिलेसम्म सिकेको छैन । तैपनि अभिनय र नृत्य गर्न सक्छु भन्ने मलाई आत्मविश्वास छ । नृत्य गर्दै पनि आइरहेकी छु । तर, आफूलाई अझ निखार्न अभिनय र नृत्य प्रशिक्षण लिने सोच बनाउँदैछु । समय नभएर हो । समय मिलाएर चाँडै क्लास जोइन गर्ने सोच बनाउँदैछु ।

याम्प मोडलिङतिर इच्छा छैन ?
मलाई -याम्प मोडलिङमा पनि रुची छ । तर, अहिलेसम्म त्यो अवसर जुरेको छैन । -याम्प मोडलिङ मेरो हाइट पनि फिट छ । मेरो हाइट पाँच फिट ६ इन्च हो । जुन -याम्प मोडलिङका लागि सुहाउँछ जस्तो लाग्छ ।

कस्तो गीतमा बढी मोडलिङ गर्नुहुन्छ ?
अहिलेसम्म आधुनिक र रोमान्टिक तथा लभसङ्सहरुमा मोडलिङ गर्दै आएकी छु । मलाई रोमान्टिक र लभसङ्स मनपर्छ ।

तपाइँको मुख्य रुची के हो ?
डान्स र अभिनय नै हो । सानैदेखिको रुचीलाई पूरा गर्न मोडलिङ क्षेत्रमा लागेकी हुँ । यसबाहेक अहिलेसम्म अरतिर रुची जागेको छैन ।

उद्देश्यचाहिँ के हो ?
कलाकारिता क्षेत्रमै निरन्तर लाग्ने र यही क्षेत्रमा करिअर बनाउने लक्ष्य लिएकी छु । तर भोलिको कुरा के हुन्छ, थाहा छैन ।

प्रेम र विवाहका विषयमा पनि कुरा गरौँ ?
यो विषयमा चाहिँ कुरा नगरौँ होला किनकि, यी भनेका निजी कुरा हुँ । तर, यतिचाहिँ प्रष्ट भन्छु, अहिलेसम्म सिंगल छु । तैपनि अफेयर्स चलाउनेतिर ध्यान छैन ।

प्रतिक्रिया दिनुहोस्