Logo
Logo

कोशीमा एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्छ : राप्रपा



विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाई राजनैतिक स्थायित्व दिनुपर्ने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चालकर्मीसँग कुरा गर्दै लिङ्देनले अहिलेको व्यवस्थाको संस्थापकहरु एमाले र कांग्रेस मिलेर कोशी प्रदेशलाई जोगाउनु राम्रो हुने बताएका हुन् ।

राप्रपा कुनै पक्षमा नलाग्दा प्रदेशसभा नै बिघटन हुने खतरा रहेको भन्दै उनले कांग्रेस र एमाले मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने बताए । उनले भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणहरुलाई सरकारले सत्ताको रक्षा कवचको रुपमा प्रयोग गरेको तर्क गरे । आर्थिक कारणले पनि प्रदेशको औचित्य समाप्त हुँदै गएको भन्दै लिङ्देनले जातिय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने जिकिर गरे ।

प्रमुख राजनैतिक दलहरु नै भ्रष्टाचार र सुन तस्करी प्रकरणमा जोडिएकाले निष्पक्ष र स्वतन्त्र रुपमा छानबिन गरिनुपर्ने उनले धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्