Logo
Logo

बाग्मती प्रदेश सभा सञ्चालनका लागि सर्बदलीय बैठक बस्दै



हेटौडा । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।

आज (आइतबार) का लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखे पछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन्।

सभामुख पाठकले बोलाएको सर्बदलीय बैठक आइतबार बिहान १० बजे बस्नेछ । सो बैठक प्रदेश सचिवालय भवनमा बोलाइएको छ । गत भदौं १८ गते देखी बैठक बस्न नसकी तीन तीन पटक सारिएको छ ।

उक्त बैठकमा सहमति कायम गरी पुर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजे देखी प्रदेश सभा बैठक सुचारू गर्ने योजना रहेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्दाको समयमा प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरे पछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन् ।

सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्