Logo
Logo

मोरक्को भूकम्प : मृतकको संख्या २ हजार नाघ्यो



एजेन्सी । मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ ।

त्यहाँको गृह मन्त्रालयले शुक्रबार गएको ६ दमबलव ८ म्याग्निच्युडको भूकम्पमा परी दुई हजार १२ जनाको मृत्यु भएको र दुई हजार ५९ जना घाइते भएको जनाएको छ ।

भूकम्पका कारण माटोको इँटा, ढुङ्गा र काठका घरहरू फुटेका र मस्जिदका मीनारहरू भत्किएका छन् । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्