Logo
Logo

एमालेले राष्ट्रिय विज्ञान दिवसमा आज अन्तरक्रिया गर्दै


441
Shares

काठमाडौं । राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज नेकपा एमालेले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

एमाले विज्ञान तथा प्रविधि विभागले आज दिउँसो साढे २ बजे केन्द्रीय पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । आज हुने सो कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

आज राष्ट्रिय ११ औं विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नारा तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्