Logo
Logo

चेम्बरको पदाधिकारी टोली चीन प्रस्थान


567
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली चीन भ्रमणमा गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा निजी क्षेत्रका तर्फबाट चेम्बरले पनि सहभागिता जनाउन लागेको हो ।

भ्रमण टोलीमा अध्यक्ष राजेन्द्र मल्ल, निर्वतमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधर रहेका छन् । प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीचका निजी क्षेत्रबीच दुई पक्षीय व्यापार सहजीकरण, पूर्वाधारमा लगानी लगायतका विषयमा छलफल हुुँदैछ ।

नेपाल चीनबीचको व्यापार सम्झौतालाई समय सापेक्षा पुनरावलोकन गरेर ब्यापार सहजीकरण गर्ने विषय चेम्बरको प्राथमिकतामा रहेको मल्लले बताए । नेपाल चीनबीच यसअघी भएको पारवहन सम्झौताको प्रभावकारी कार्यन्वयन एवं उत्तरी छिमेकीसंगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गर्नुपर्ने विषयमा चीनको निजी क्षेत्रसंग छलफल गर्ने चेम्बरले जनाएको छ ।

अध्यक्ष मल्लले भने, ‘चीनसंगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर तातोपानी, केरुङ जस्ता भन्सार नाकाहरुमा स्तरोन्नती गरिनुपर्दछ यो विषयलाई पनि उठान गर्नेछौं, ।’

उनले भन्सार नाकाहरुमा अन्तराष्ट्रियस्तरको क्वारेन्टीन ल्याब राखेर नेपालको निर्यात वृद्धि गर्नुपर्नेमा जोड दिए । नेपालबाट चीनमा बार्षिक २ खर्व रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसबाट लाभ लिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्