काठमाडौं । सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गरेको बताएकी छन् । सिंहदरबारमा शुक्रबार अपराह्न आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो ।

शुक्रबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै सञ्चारमन्त्री शर्माले शिक्षकहरूसँग सरकारले सहमति भएको जानकारी दिएकी हुन् । उनले भनिन्, ‘शिक्षकहरूसँग सहमति भएको छ । संसदमा दर्ता भइसकेको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूका माग समावेश गर्ने कुरा भएको छ । शिक्षकहरूले आन्दोलन स्थगित गर्नुहुन्छ ।’
शिक्षा विधेयकका कतिपय विषयमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले गत असोज ३ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।














