Logo
Logo

हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जाने बिषय होइन : ओली


882
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा सुरु गरेको दिनलाई ‘राष्ट्रिय दिवस’ मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताएका छन् ।

एमाले अर्थ तथा योजना विभागले शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले हिंसा सुरु गरेको फाल्गुन १ गतेलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले हिंसा दिवस र शान्ति प्रक्रिया संगसंगै जाने बिषय नभएको समेत जिकिर गरे । उनले सरकारले राजनीतिको अपराधिकरण र अपराधिको राजनीतिकरण गरिरहेको तर्क गरे । ओलीले अपराधीलाई छाड्ने सरकारको निर्णयलाई राष्ट्रपतिले सहिछाप गरेको भन्दै आपत्ती जनाए । उनले जनताले चाहेको समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न एमाले अघि बढ्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्