Logo
Logo
सुन तस्करी प्रकरण

उच्चस्तरिय समिति गठन गर्न सरकार तयार नभएको भन्दै एमालेको आपत्ति


1.4k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । उच्चस्तरीय छानबिन आयोग गठनका लागि शुक्रबार सिंहदरबारमा बसेको बैठकमा एमालेले यसअघि भएको सहमतिअनुसार छानबिन आयोग गठन गर्न सरकार तयार नदेखिएको भन्दै आपत्ति जनाएको हो ।

छलफलपछि एमाले सचेतक महेश बर्तौलाले यसअघि भएको सम्झौता अनुसार असोज ५ गते भित्रै आयोग गठन हुनुपर्नेमा नभएको भन्दै आपत्ति जनाए । उनले शुक्रबार नै आयोगको घोषणा नभए विश्वासघात भएको ठानिने जिकिर गरे ।

यता, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने सहमति पालना गर्ने काम सत्तापक्षबाट भएको जिकिर गरेका छन् । भाद्र ६ गते भएको सहमति अनुसार नै टिओआरमा राखौ भन्दा एमाले नेताहरुले पार्टीमा छलफल गर्ने बताएकाले बैठक निष्कर्षमा पुग्न नसकेको उनले बताए ।

नेताहरुले पार्टीभित्र छलफल गरेर पुन उच्चस्तरीय छानबिन आयोगका बारेमा छलफल गर्ने जनाएका छन् । यसअघि दलहरुबीच सुन तस्करी प्रकरणमा आयोग गठन गर्ने सहमति भएको थियो । सीर्आइबीले आफ्नो प्रतिवेदन बुझाइसकेपछि असोज ५ गते आयोग गठन गर्ने गरी भदौ ६ गते सहमति भएको थियो । तर सहमति अनुसार गठन हुन नसकेको भन्दै एमालेले आपत्ती जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्