Logo
Logo

राहत शिक्षकले आन्दोलन जारी राख्ने


13.5k
Shares

काठमाडौं । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति राहत शिक्षकहरु असन्तुष्ट बनेका छन् । उनीहरुले सहमतिका नाममा राहत शिक्षकलाई धोका भएको भन्दै आन्दोलन जारी राख्ने बताएका छन् । सरकार र शिक्षक महासंघबीच शुक्रबार ६ बुँदे सहमति भएको हो । उक्त सहमतिसँगै शिक्षकहरुले आन्दोलन फिर्ता गर्ने बताइरहेका बेला राहत शिक्षकले आन्दोलन जारी राख्ने बताएका हुन् ।

राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमतिलाई धोका भन्दै आफूहरुले नमान्ने बरु आन्दोलन जारी राख्ने बताए । राहत शिक्षक समितिका केन्द्रीय वरिष्ठ सह–अध्यक्ष नवीन धामीले आफूहरुका माग पूरा गर्न शिक्षक महासंघ र सरकार उदाशीन देखिएकाले वार्ता बहिष्कार गरिएको बताए ।

अध्यक्ष अधिकारीले सबै राहत शिक्षकहरुलाई काठमाडौं नछोड्न आग्रह गरेका छन् । अध्यक्ष अधिकारीले आज भएको शिक्षक महासंघ र सरकारबीचको वार्तामा राहत शिक्षकको प्रतिनिधित्व गरेका थिए । तर, राहत शिक्षकको पक्षमा महासंघ र सरकार उदाशीन देखिएकोले वार्ता बहिष्कार गरिएको उनको भनाइ छ ।

राहत शिक्षकहरुको केन्द्रीय समितिको आकस्मिक बैठक आजै बस्ने बताइएको छ । समितिका वरिष्ठ सहअध्यक्ष धामीले सबै राहत शिक्षकहरुलाई काठमाडौं नछोड्न अनुरोध गरिएको बताए । उनले भने, ‘आजै केन्द्रीय समितिको आकस्मिक बैठक बस्दैछौँ ।’ उनले काठमाडौं आउन बाँकी सबै राहत शिक्षकहरुलाई अनिवार्य काठमाडौं आउनसमेत आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्