Logo
Logo

चीन र ईयू साझेदार हुन्, प्रतिद्वन्द्वी होइनन् : चिनियाँ विदेशमन्त्री


एजेन्सी


बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले चीन र युरापेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् ।
हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोसँग टेलिफोनमा कुरा गर्दै उनले ‘बेल्ट एण्ड रोड’ सहयोगका लागि चीनसँग अन्तरसरकारी सहयोग दस्तावेजमा हस्ताक्षर गर्ने हङ्गेरी पहिलो युरोपेली देश भएको बताएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागका सदस्यसमेत रहेका वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको रणनीतिक मार्गदर्शनमा चीन र हङ्गेरीबीचको ‘बेल्ट एण्ड रोड’ सहकार्यले फलदायी परिणाम दिएको र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धका लागि राम्रो उदाहरण प्रस्तुत गरेको बताए ।

‘अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरममा हङ्गेरीको उपस्थितिलाई चीनले स्वागत गर्छ’, वाङले भने, ‘चीन हङ्गेरीसँग पारस्परिक विश्वास र मित्रता बढाउन र चीन–हङ्गेरी सम्बन्धको विकासका लागि नयाँ रणनीतिक योजनाहरू बनाउन र नयाँ र बलियो गति प्रदान गर्न यस अवसरको उपयोग गर्न तयार छ ।’

उक्त अवसरमा, चीन हङ्गेरी–सर्बिया रेलमार्गको सफल निर्माण सुनिश्चित गर्न र संयुक्त रूपमा चीन–हङ्गेरी व्यावहारिक सहयोगको सफल नमूना निर्माण गर्न हङ्गेरीसँग काम गर्न तयार रहेको वाङले बताए ।

चिनियाँ विद्युतीय सवारी साधनहरूमा ईयूको अनुदान विरोधी अनुसन्धानले अन्तर्राष्ट्रिय व्यापारको आधारभूत नियमहरूको उल्लङ्घन गर्दछ, जसले सम्भवतः विश्वव्यापी यातायात उत्पादनका औद्योगिक र आपूर्ति श्रृङ्खलालाई बाधा पु¥याउनेछ । सिजार्तोले हङ्गेरी र चीनबीचको बेल्ट एण्ड रोड सहकार्यले महत्वपूर्ण परिणाम हासिल गरेको र यसबाट हङ्गेरीलाई धेरै फाइदा भएको बताए ।

‘हङ्गेरीले अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरममा सक्रिय रूपमा भाग लिने, दुई पक्षबीच बेल्ट एण्ड रोड सहयोगलाई अझ प्रगाढ बनाउने र हङ्गेरी–सर्बिया रेलमार्ग निर्माणमा ठोस प्रगति गर्नेछ, जसले ताकि द्विपक्षीय सम्बन्धको थप विकासका लागि जोड दिनेछ’ सिजार्तोले भने ।

प्रतिक्रिया दिनुहोस्