Logo
Logo

कोशीमा तत्काल मध्यवधिमा जाने अवस्था आउँदैन : ओली


441
Shares

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्धनबाट भइरहेरहेको टिप्पणी गरेका छन् । शुक्रबार विरानग। आएका उनले प्रदेश अहिले मध्यावधिमा जाने अवस्था नभएको समेत बताए ।

गठबन्धन सरकार जनताप्रति उत्तरदायी नभएको र सबै क्षेत्रमा अस्थिरता बढ्दै गएको उनको भनाइ छ । अध्यक्ष ओलीले भने, ‘तत्काल कोशी प्रदेश मध्यावधिमा जान्छ कि भन्ने आशंका भइरहेका छन् । तर, तत्काल मध्यावधिमा जान सक्ने अवस्था छैन ।’
उनले गठबन्धन दलका कारण मध्यावधिमा गएको अवस्थामा एमालेले कोशी प्रदेशमा भारी बहुमत ल्याउने दाबी गरे । कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न यनी यहाँ आएका हुन् ।

अध्यक्ष ओलीले नेतृत्व छान्ने अधिकार प्रतिनिधिलाई भएको बताउँदै भने, ‘पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने हो, नयाँ नेतृत्व छान्ने काम प्रतिनिधिबाट नै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्