Logo
Logo

एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जना प्रत्यासी, आइतबार मतदान



सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशन अन्तर्गत निर्वाचनमा भोलि आइतबार मतदान हुने भएको छ । मतदान आइतबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सिटी हलमा हुने एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

यसअघि शनिबार दिउँसो १२ बजेदेखि नै हुने भनिएको थियो । तर, मतदानका लागि मतपत्र छाप्ने प्रक्रिया ढिलो भएकाले भोलि मात्र मतदान हुने भएको बताइएको छ । एमाले कर्णाली प्रदेश कमिटको नयाँ नेतृत्वका लागि अहिलेसम्म अध्यक्षमा तीन जनाको उम्मेदवारी छ । मिनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाको उम्मेदवारी अध्यक्षमा कायम छ ।

शुक्रबार पाँच जनाले उम्मेदवारी दिएकामा दुई जनाले फिर्ता लिएका थिए । कालीकोटका प्रेमबहादुर सिंह र दैलेखका राजबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्